१४ बैशाख २०८१, शुक्रबार

देउवा र मोदीबीच टेलिफोन वार्ता : भारतले छिट्टै कोरोना खोप दिने आश्वासन


देउवा र मोदीबीच टेलिफोन वार्ता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । भारतका प्रधानमन्त्री मोदीले नेपाललाई छिट्टै कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएका छन् ।

प्रधानमन्त्री देउवासँगको सौहार्दपूर्ण टेलिफोन वार्तालापका क्रममा आज उनले सो आश्वासन दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री मोदीले आफ्ना नवनियुक्त समकक्षी प्रधानमन्त्री देउवालाई बधाई दिएका थिए ।

साथै प्रधानमन्त्री देउवाले बधाईका लागि उनलाई धन्यवाद दिएका थिए । दुवै प्रधानमन्त्रीले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गर्नुभएको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !