प्रचण्डले बोलाएको माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै Nepalpatra प्रचण्डले बोलाएको माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै
१२ श्रावण २०७८, मंगलबार

प्रचण्डले बोलाएको माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै


माओवादी संसदीय दलको बैठक फाइल फोटो

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको पार्टीको संसदीय दलको बैठकको बैठक आज बस्दै छ । माओवादी केन्द्रको आज आइतबार बिहान ११ बजेका लागि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको बैठक बोलाइएको हो ।

बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै पार्टीबाट देउवा सरकारमा मन्त्रीहरुको सहभागिताका विषयमा पनि छलफल हुने एक सांसदले बताए । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि पार्टीको संसदीय दलको बैठक आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बोलाएका छन् ।

दोस्रो पटक पुनर्स्थापना भएको प्रतिनिधि सभाको बैठक पनि आज अपराह्न ४ बजे बस्दैछ । यता प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको बैठकअघि बस्न लागेको माओवादीको संसदीय दलको बैठकलाई चासोका साथ हेरिएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !