१४ बैशाख २०८१, शुक्रबार

प्रचण्डले बोलाएको माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै


माओवादी संसदीय दलको बैठक फाइल फोटो

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको पार्टीको संसदीय दलको बैठकको बैठक आज बस्दै छ । माओवादी केन्द्रको आज आइतबार बिहान ११ बजेका लागि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको बैठक बोलाइएको हो ।

बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै पार्टीबाट देउवा सरकारमा मन्त्रीहरुको सहभागिताका विषयमा पनि छलफल हुने एक सांसदले बताए । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि पार्टीको संसदीय दलको बैठक आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बोलाएका छन् ।

दोस्रो पटक पुनर्स्थापना भएको प्रतिनिधि सभाको बैठक पनि आज अपराह्न ४ बजे बस्दैछ । यता प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको बैठकअघि बस्न लागेको माओवादीको संसदीय दलको बैठकलाई चासोका साथ हेरिएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !