प्रधानमन्त्री देउवाले बोलाएको आकस्मिक पदाधिकारीको बैठक बालुवाटारमा Nepalpatra प्रधानमन्त्री देउवाले बोलाएको आकस्मिक पदाधिकारीको बैठक बालुवाटारमा

२१ श्रावण २०७८, बिहिबार

प्रधानमन्त्री देउवाले बोलाएको आकस्मिक पदाधिकारीको बैठक बालुवाटारमा


काँग्रेस पदाधिकारीको बैठक बालुवाटारमा फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक पदाधिकारीको बैठक बोलाएका छन् । बैठक आज शनिबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बोलाइएको हो ।

आज हुने बैठकमा विशेष गरेर क्रियाशील सदस्यता छानविन समिति सदस्य श्याम घिमिरेमाथि भएको कुटपिटको घट्नाबारेमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिएका हुन् । कांगे्रस केन्द्रीय सदस्य एवं समिति सदस्य घिमिरेमाथि सिन्धुपाल्चोकका कांग्रेस कार्यकर्ताले कुटपिट गरेका थिए ।

सदस्यता छानविनको काम अन्तिम चरणमा पुगेका बेला सदस्य घिमिरेमाथि धर्मशालामै पुगेर आक्रमण गरेका थिए । समितिले १ महिनादेखि गौशालास्थित नेपाल-भारतमैत्री धर्मशालामा आवासीय रुपमा काम गर्दै आएको छ ।

साथै प्रधानमन्त्री देउवाले संसद अधिवेशन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न संसदीय दलको बैठक आइतवार अपरान्ह २ बजे बस्ने गरी बोलाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
ताजा