१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री देउवाले बोलाएको आकस्मिक पदाधिकारीको बैठक बालुवाटारमा


काँग्रेस पदाधिकारीको बैठक बालुवाटारमा फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक पदाधिकारीको बैठक बोलाएका छन् । बैठक आज शनिबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बोलाइएको हो ।

आज हुने बैठकमा विशेष गरेर क्रियाशील सदस्यता छानविन समिति सदस्य श्याम घिमिरेमाथि भएको कुटपिटको घट्नाबारेमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिएका हुन् । कांगे्रस केन्द्रीय सदस्य एवं समिति सदस्य घिमिरेमाथि सिन्धुपाल्चोकका कांग्रेस कार्यकर्ताले कुटपिट गरेका थिए ।

सदस्यता छानविनको काम अन्तिम चरणमा पुगेका बेला सदस्य घिमिरेमाथि धर्मशालामै पुगेर आक्रमण गरेका थिए । समितिले १ महिनादेखि गौशालास्थित नेपाल-भारतमैत्री धर्मशालामा आवासीय रुपमा काम गर्दै आएको छ ।

साथै प्रधानमन्त्री देउवाले संसद अधिवेशन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न संसदीय दलको बैठक आइतवार अपरान्ह २ बजे बस्ने गरी बोलाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !