१८ बैशाख २०८१, मंगलबार

पूर्वमन्त्री श्रेष्ठविरुद्ध अनुसन्धान गर्न सर्वोच्चको अन्तरिम आदेश 


रमण श्रेष्ठ

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वशिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान गर्न आदेश दिएको छ । आज असार ३१ गते न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासले सञ्चारकर्मी रूपा सुनारले दर्ता गराएको रिटमा सुनुवाइ गर्दै श्रेष्ठमाथि अनुसन्धान गर्न आदेश दिएको हो।

रूपा सुनारले जातीय भेदभावको कसुरमा हिरासतमा रहेर अनुसन्धान गरिरहेको व्यक्तिलाई छुटाएर अनुसन्धान प्रभावित पारेको भन्दै पूर्वमन्त्री श्रेष्ठविरुद्ध सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

जातीय भेदभावको आरोपमा हिरासतमा रहेकी सरस्वती प्रधानलाई मन्त्रीमा बहाल हुँदा कृष्णगोपाल श्रेष्ठको उपस्थितिमा छुटाइएको थियो । सर्वोच्चले प्रधान कुन निर्णय वा आधारबाट हाजिरी जमानीमा छुटेकी हुन् सोको जानकारी दिन पनि आदेश गरेको छ।

त्यसैगरी प्रधानमाथिको अनुसन्धान २५ दिनभित्र पूरा गरी सोको जानकारी दिन पनि सर्वोच्चले आदेश दिएको छ । सरस्वती प्रधानले जातकै कारण आफूलाई कोठा नदिएको भन्दै रूपाले प्रहरीमा जाहेरी दिएकी थिइन् । रूपाको जाहेरीपछि प्रहरीले प्रधानलाई हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।

सुनारले प्रहरीले आफ्नो मोवाइल पेश गर्न दबाब दिएको भन्दै रिटमा उल्लेख गरेकी थिइन् । सर्वोच्चले जातीय विभेदको अपराध अनुसन्धानका क्रममा आवश्यक परेमा रुपा र घरबेटीबीच भएको टेलिफोन कुराकानीको अडियो लिन सक्ने भनी त्यसका लागि विभिन्न शर्त तोकेको छ ।

यस्तो छ हेर्नुहोस् सर्वोच्चको अन्तरिम आदेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !