२६ बैशाख २०८१, बुधबार

सत्ता पक्षीय गठबन्धनको बैठक सिंहदरबारमा जारी, के विषयमा भईरहेको छ छलफल ?


माधव नेपाल फाइल फोटो

काठमाडौँ । सत्ता पक्षीय ५ दलीय गठबन्धनको बैठक सिंहदरबारमा जारी रहेको छ । केहीसमय अघि शुरु भएको उक्त बैठकमा सरकार सञ्चालनका विषयमा छलफल भई रहेको छ ।

सिंहदरबारमा जारी बैठकमा देउवा नेतृत्वको सरकारमा सहभागी हुने भावी मन्त्रीहरुको नाम र मन्त्रालयका बारेमा पनि छलफल हुनेसक्ने बैठकमा सहभागी एक नेताले बताए ।

गठबन्धनमा रहेका दलहरुमध्ये कसलाई कति मन्त्रालय दिने र को को मन्त्री बनाउने भन्ने भन्ने विषयमा गहनतम छलफल हुने सक्ने सम्भावना रहेको छ । सत्ता पक्षीय गठबन्धनमा सहभागी राष्ट्रिय जनमोर्चा देउवा सरकारमा सहभागी नहुने उक्त पार्टीले निर्णय गरिसकेको छ ।

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पनि आजसम्म सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम पठाइसकेको छैन भने एमालेको ओली समूहसँग असन्तुष्ट माधव नेपाल समूहले देउवा सरकारलाई विश्वासको मत दिने आश्वाशन देउवालाई दिई सकेकोले उक्त समूहका नेताहरु पनि देउबा नेतृत्वको सरकारमा सहभागी हुन सक्ने आंकलन गर्न सकिन्छ ।

यस्ता नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षले पनि देउवा सरकारमा सहभागी हुन पठाउने मन्त्रीहरुको बारेमा आज कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा छलफल गरेको छ ।

प्रधानमन्त्री देउवाले कांग्रेसको आफ्नो गुटवाट बालकृष्ण खाँणलाई गृह मन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानून मन्त्री बनाएका छन् । प्रधानमन्त्री देउवाले पौडेल पक्षवाट मन्त्रीहरुको नामावली छिटो पठाइदिन आग्रह गर्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !