२० बैशाख २०८१, बिहिबार

शशांक निवासमा पौडेल पक्षका नेताको बैठक, मन्त्रीको नामावलीबारे छलफल हुने


शशाङ्क कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक जारी रहेको छ । कोइराला निवासमा बसिरहेको बैठकमा देउवा सरकारमा सहभागी हुन पठाउने मन्त्रीहरुको बारेमा छलफल हुने बुझिएको छ ।

साथै जारी बैठकमा नेताहरुले काँग्रेसको आगामी महाधिवेशनको बारेमा पनि छलफल भईरहेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि देउवा इतर नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् ।

आजको छलफलमा महाधिवेशन समयमै गर्न कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा साझा धारणा तय गर्ने विषयमा केन्द्रित रहने बताए । स्रोतका अनुसार देउवा नेतृत्वको सरकारमा देउवा इतर समूहबाट कस-कसलाई मन्त्रीको रुपमा पठाउने भन्ने विषयमा पनि आज छलफल हुनेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको आफ्नो गुटवाट बालकृष्ण खाँणलाई गृह मन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानून मन्त्री बनाएका छन् । प्रधानमन्त्री देउवाले पौडेल पक्षवाट मन्त्रीहरुको नामावली छिटो पठाइदिन आग्रह गर्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !