१४ बैशाख २०८१, शुक्रबार

गृहमन्त्री खाँडद्वारा ओली सरकारले गरेकाे एआईजी सरुवाको निर्णय रोक्न निर्देशन


बालकृष्ण खाँण

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना अतिरिक्त महानिरीक्षक (एआईजी) सरुवाको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले अघिल्लो ओली नेतृत्वको सरकारले गरेको एआईजी सरुवा कार्यान्वयन नगर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका हुन् ।

ओली नेतृत्वको सरकारले एआइजी सरुवा गर्ने निर्णय गरेर प्रहरी प्रधान कार्यालयले असार २७ गते सरुवा सार्वजनिक गरेको थियो । एआइजी हरिबहादुर पालको सरुवा प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा भएको थियो ।

उनको ७ महिनामा नै काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट सरुवा गरिएको थियो। सामान्यतया कुनै पनि कारबाहीमा नपरेको खण्डमा १ वर्ष अघि सरुवा हुने गरेको छैन । तर, एआइजी पालको ७ महिनामा नै सरुवा गरेको थियो ।

यस्तै काठमाडौं उपत्यका प्रहरी कार्यालयको जिम्मेवारी भने एआइजी प्रद्युम्न कार्कीलाई दिइएको छ । उनी यसअघि राष्ट्रिय प्रहरी परीक्षण प्रतिष्ठानमा कार्यरत थिए ।

त्यस्तै, एआइजी नीरज शाही नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरुवा भएका थिए । उनी यसअघि नेपाल प्रहरी प्रधान कार्यालय, मानव श्रोत एवं प्रशासन विभागमा थिए ।

नेपाल प्रहरी प्रधान कार्यालय, कार्य एवं अपराध अनुसन्धान विभागमा रहेका एआइजी विश्वराज पोखरेललाई राष्ट्रिय प्रहरी परीक्षण प्रतिष्ठानमा सरुवा गरिएको थियो ।

सर्वोच्च अदालतको फैसलापछि पदमुक्त भएका प्रधानमन्त्री ओली बर्खास्तीमा परेपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको छ । सरकार गठन भएको भोलिपल्टै गृह मन्त्रालय मार्फत सरुवा नगर्न भन्दै निर्देशन दिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !