२० बैशाख २०८१, बिहिबार

प्रतिनिधिसभा विघटन बदर, देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्चकाे परमादेश


संवैधानिक इजलास

काठमाण्डाै । सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै प्रतिनिधिसभा पुनस्थापना गर्ने फैसला गरेको छ । साथै सर्वाेच्चले नेपाली काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश आदेश पनि जारी गरेकाे छ ।

प्रतिनिधिसभा विघटन मुद्दा बदर गर्दै सर्वाेच्चले काँग्रेसका देउवालाई २ दिनभित्र प्रधानमन्त्री बनाउन परमादेश जारी गरेकाे हाे । यसको पूर्णपाठ केही समयमा आउने अदालतले जनाएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गरेकोे प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाएको हो ।

उक्त विवादमा ३० रिट निवेदन परेका थिए । गत जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको सोही दिनको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !