१८ बैशाख २०८१, मंगलबार

१० बुँदे सहमति बहिष्कार गर्दै झाँक्रीले गरिन् आफ्नो समूहको अबको तयारी


रामकुमारी झाक्री File Photo

काठमाडौँ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले आफ्नो समूहको केन्द्रीय कमिटीको बैठक बसेर १० बुदे संझौताबारे संस्थागत धारणा आउने बताएकी छन् । नेतृ झाँक्रीले स्थायी कमिटीको बैठकमा जानेबारे सामान्य बैठकको कार्यविधि निर्धारण नगरी यो संझौता कार्यान्वयन योग्य नहुने बताएकी छन् ।

आइतबार राती कार्यदल समितिले १० बुँदे सहमति गरेपछि माधव नेपालसमेत असन्तुष्टि जनाएका छन्। नेतृ झाँक्रीले उक्त सहमतिविरुद्ध लागेका छन्। उनले अदालतमा निवेदकको रूपमा रहेका सांसदहरूले अदालतको निर्णय प्रभावित हुने गरि हस्ताक्षर फिर्ता नलिने बताएकी छन् ।

नेतृ झाँक्रीले सामाजिक संजालमा लेखेकी छन्, “१) हाम्रो टिमको केन्द्रीय कमिटीको बैठक बसेर १० बुदे संझौताबारे संस्थागत धारणा आउने छ।
२) स्थायी कमिटीको बैठकमा जानेबारे सामान्य बैठकको कार्यविधि निर्धारण नगरी यो संझौता कार्यान्वयन योग्य हुदैन। बैठक जाने कुरा हुन्न।
३) अदालतमा निवेदकको रूपमा रहेका हामी सांसदहरूले अदालतको निर्णय प्रभावित हुने गरि हस्ताक्षर फिर्ता लिईने छैन। लिने कुरै आउँदैन।
४) भ्रममा नपरौ, स्वागत गर्न हतार नगरौँ। निरास पनि नबनौँ। राजनिती हो यसले बाटो लिन्छ। उज्यालो पहिल्याउन सकिन्छ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !