१४ बैशाख २०८१, शुक्रबार

काँग्रेस नेता प्रदीप पौडेलले पाए प्रवक्ताको जिम्मेवारी


प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रवक्ताको जिम्मेवारी पाएका छन् । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले प्रवक्ताको जिम्मेवारी पौडेलले पाएका छन् । एक नेताका अनुसार समिति सदस्य रहेका पौडेललाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।

समितिको औपचारिक धारणा सार्वजनिक गर्न केन्द्रीय सदस्य पौडेललाई प्रवक्ता तोकिएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको समितिले क्रियाशील सदस्यतामाथि छानबिन गरिरहेको छ ।

सात सदस्यीय समितिमा संयोजक लेखकसहित सदस्यहरु पौडेल, आनन्द ढुंगाना, श्याम घिमिरे, कल्याण गुरुङ, योगेन्द्र चौधरी र जीवन परियार रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !