२५ बैशाख २०८१, मंगलबार

संसद पुनर्स्थापना हुँदैन, ओलीले अदालतलाई दबाव दिएका छन् : प्रचण्ड


प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ले संसद पुनर्स्थापना हुन सक्ने अवस्था नरहेको बताएका छन् । विपक्षी गठबन्धनका शीर्ष नेताहरुले सोमबार नागरिक समाजका अगुवा र बुद्धिजिवीहरुसँग गरेको छलफलमा प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले उक्त छलफलमा अदालतबारे कुनै टिप्पणी नगर्ने बताए । तर सरकार पक्षले अदालतलाई दबाव र प्रभावमा पार्न खोजेको भन्दै उनले भने, ‘अर्को ठूलो खेल चलिरहेको गन्ध आएको छ । संसद पुनर्स्थापना भइहाले पनि (पुनर्स्थापना) नहुनु भन्दा रद्दी हुनसक्छ ।’

प्रचण्डले संसद पुनर्स्थापना हुन्छ र सरकार बनिहाल्छ भनेर ढुक्क हुन नहुने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !