१४ बैशाख २०८१, शुक्रबार

दरबारमार्गमा छापा मारिन्न, मुहानै सफा गरिन्छ : अर्थमन्त्री खतिवडा


yuvraj

२३ फागुन, काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्रालयमा आयोजित बजेटको अर्धवाषिर्क समीक्षा कार्यक्रममा भन्सारमा खुकुलो गरेर सामान छाडिदिने अनि पुरानो कानून समातेर दरबारमार्गमा छापा मार्ने प्रवृत्तिको अन्त्य गरिने बताएका छन् । मन्त्री खतिवडाले भने, ‘हामी मुहानमै यसलाई सम्वोधन गर्छौं, हामी मुहानै सफा गर्ने भनेर लागेको हो ।’

धेरैवटा निर्वाचनका कारणले राज्य संयन्त्रका नटबोल्ट र जुइनाहरु कमजोर भएको भन्दै मन्त्री खतिवडाले त्यसलाई अब कसिलो बनाइने बताए ।

गत चुनावमा एमालेले वृद्धभत्तालाई पाँच हजारसम्म पुर्याउने मतदातालाई बताएको थियो । तर, एमालेकै तर्फबाट अर्थमन्त्री बनेका डा. खतिवडाले सामाजिक सुरक्षाका नाममा नगद वितरणमा जोड दिनु उचित नहुने बताए । मन्त्री खतिवडाले भने- ‘सामाजिक सुरक्षाका मामिलामा हामी अलि उदार भएकै हो । यसको थोरबहुत जस अपजस म पनि लिन्छु । सामाजिक सुरक्षाका नाममा भएको नगद प्रवाहमात्रै हामीले गरेका छौं, त्यसलाई हामीले व्यवस्थित गर्नुछ, नगदले अलि अव्यवस्थित भयो ।’

आफ्नो मन्तव्यमा अर्थमन्त्री खतिवडाले बैंकहरुलाई लाइन अफ क्रेडिड भित्र्याउन दिइने, वैदेशिक लगानी बढाउने र आयोजनाहरुमा स्वीकृत गरिएको रकमलानई पुनर्विचार गरिने लगायतका योजनाहरुलाई समेटेर स्वेतपत्र जारी गर्ने तयारी भइरहेको जानकारी दिए । यो अनलाइन खबर वाट लिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !