१४ बैशाख २०८१, शुक्रबार

२०७८ भदौ महिनामै कांग्रेसको १४ औं महाधिवेशन गर्ने देउवाको भनाई


शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७८ साल भदौ महिना मै पार्टीको १४ औं महाधिवेशन हुने स्पष्टीकरण दिएका छन् । उनले आज बुधबार एक वक्तव्य जारी गर्दै पार्टीका आम नेताहरु तथा कार्यकर्ताहरुलाई भदौ महिनामा नै पार्टीको महाधिवेशन हुने स्पष्ट जानकारी दिएका हुन् ।

उनले कोभिड–१९ को महामारीले लामो समयदेखि हामी अत्यन्त कठिन अवस्थामा भएकोले संक्रमणका कारण पार्टीका धेरै नेता-कार्यकर्ता, लगायतका परिवारका सदस्य र नागरिकहरुले ज्यान गुमाएकोको सबैको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

यस्तो संक्रमणका कारण घरमा आइसोलेसनमा बसेका वा अस्पतालमा भर्ना भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै संक्रमित सबैलाई उच्च मनोबल राखी चिकित्सकको राय अनुसार रहन बस्न अनुरोध गरेका चाहन । सरकारले जनताको स्वास्थका बारेमा समयमा गम्भीर भई इमान्दारीपूर्वक काम नगरेका कारण यो अवस्था सिर्जना भएकोमा सरकार पूर्ण रुपले दोषीभएको आरोप समेत लगाएका छन् ।

यस्तो विषम परिस्थितिमा पनि यही भाद्र महिनाभित्रमा पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्नु परेको भन्दै उनले देशभरिका पार्टीका सम्पूर्ण नेता-कार्यकर्ताहरुलाई स्पष्टताका साथ २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुने र आफू यसमा पूर्ण प्रतिवद्ध भएको बताएका छन् ।

पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान भएकोले पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा आफूले राम्ररी बुझेको भन्दै उनले महाधिवेशनको विषयलाई लिएर विभिन्न कुरा उठ्ने गरेको आफू सुनेको बताएका छन् ।

उनले पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक-पटक आउने गरेका अभिव्यक्ति किमार्थ उचित नभएको भन्दै महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्नु नहुने चेतावनी समेत दिएका छन् ।

बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य भएकोले यसका लागि सबै जिम्मेवार हुनु पर्दछ भन्दै अब बढी समय नभएकोले आषाढ र श्रावण दुई महिना भित्र महाधिवेशनका लागि सबै पूर्व तयारी गर्नका लागि पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरुको तयारी लगायत महाधिवेशनका सबै तयारी गर्नला लागि निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम गरिरहेकाले पार्टीको महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै कार्य समयमा गरिने बताएका छन् ।

उनले पार्टीका पदाधिकारी र केन्द्रीय कार्यसमितिका साथीहरु, पार्टीको स्थानीय तहका पदाधिकारी तथा सदस्यहरु, देशभरिका पार्टी सदस्यहरु, भ्रातृ एवं शुभेच्छुक संस्थाका साथीहरु, विदेश स्थित जनसम्पर्क समितिका साथीहरुलाई नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न गर्नेबारे कुनै पनि भ्रममा नपरी आ-आफ्नो स्थानबाट महाधिवेशन समयमा सम्पन्न गर्नका लागि दत्तचित्त भई लाग्न आह्वान गर्दै कोभिड–१९ को महामारीलाई दृष्टिगत गर्दै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई काम गर्न समेत अनुरोध गरेका छन् ।

देउवाको स्पष्टीकरण : २०७८ भदौ महिनामै कांग्रेसको १४ औं महाधिवेशन हुन्छदेउवाको स्पष्टीकरण : २०७८ भदौ महिनामै कांग्रेसको १४ औं महाधिवेशन हुन्छ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !