२३ बैशाख २०८१, आइतबार

वैकल्पिक बाटो रोज्नुपर्ने खनाल-नेपाल समूहको निष्कर्ष


झलनाथ खनाल र माधव नेपाल फाइल फोटो

काठमाडौं । नेकपा एमाले झलनाथ खनाल-माधव नेपाल समूहले संविधानको रक्षा र लोकतन्त्रका लागि बाध्य भएर वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ । नेपाल समूहले आफूहरुको माग पूरा गर्ने विश्वसनीय आधार नभए वार्ताका नाममा अल्झिनु नहुने निष्कर्ष निकालेको छ ।

आफू पक्षीय केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकबाट पारित प्रस्तावमा माधवकुमार नेपाल समूहले आफूहरुले अघि सारेका मागहरु निश्चित समयावधिमा विश्वसनीय रुपमा कार्यान्वयन हुने गरी सहमति सार्वजनिक भए मात्र अध्यक्ष केपी शर्मा ओली एकताको पक्षमा रहेको ठहरिने निष्कर्ष निकालेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !