१४ बैशाख २०८१, शुक्रबार

राजेन्द्र महतोले सपथ लिएको आधा घण्टा नबित्दै संविधानको मर्म विपरित बोले : वामदेव गौतम


वामदेव गौतम

काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमले नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महतोले सपथ लिएको आधा घण्टा नबित्दै संविधानको मर्म विपरित बोलेको बताएका छन् ।

सामाजिक संजाल फेसबुकमा आज दिउसो लेख्दै गौतमले नेपाल सरकारका उपप्रधानमन्त्री राजेन्द्र महत्तोले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनी सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफुले अहिले पनि संचालन गरिरहेको अन्तरवार्ता सुन्दा आफू अत्यन्त दु:खी भएको बताएका छन् ।

‘नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषता सहितको राष्ट्र भएकोले संविधानको धारा ४ मा स्पष्ट भनिएअनुसार अनेकौं विशेषता सहित नेपाल राज्य भएकोले यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो ।’ उनले लेखेका छन् ।

गौतमले राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन नसक्ने भन्दै नेपाललाई बिघटन गर्ने आन्दोलनलाई कुनै पति देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन नसक्ने भन्दै कडा आपत्ति प्रकट गरेका छन् ।

उनले राजेन्द्र महतोको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !