४ जेष्ठ २०८१, शुक्रबार

दुई न्यायाधीशले संवैधानिक इजलास छाड्न नमानेपछि सर्वोच्चका १० न्यायाधीशहरूद्वारा छलफल


न्यून आय भएका र दैनिक ज्यालादारी गर्नेलाई राहत देऊ सरकार

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा हेर्न नमिल्ने भन्दै प्रश्न उठेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले आफूहरू उक्त मुद्दा हेर्ने संवैधानिक इजलासबाट नबाहिरिने निर्णय गरेपछि बसेको सर्वोच्च अदालतका वरिष्ठ १० न्यायाधीशहरूको बैठक बसेको थियो ।

प्रतिनिधिसभा विघटनको मुद्दा हेर्न तोकिएका न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईसहित संवैधानिक इजलासको रोष्टरमा भएका वरिष्ठ १० न्यायाधीशको बैठक सर्वोच्चमा बसेको बैठक बिनानिष्कर्ष टुंगिएको थियो ।

उक्त बैठकमा इजलासबाट न्यायाधीश अलग हुने सैद्धान्तिक अवस्था, प्रतिनिधिसभा विघटनविरूद्ध परेको रिटको सुनुवाइमा दुई न्यायाधीशमाथि उठेका प्रश्न लगायतका विषयमा छलफल भएको थियो ।

संवैधानिक इजलासको रोष्टरमा प्रधानन्यायाधीश राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकाशसिंह राउत, सपनाप्रधान मल्ल, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान छन् ।

सोमबारको बैठकमा प्रधानन्यायाधीश राणा, न्यायाधीश केसी र वमकुमार श्रेष्ठ भने उपस्थित भएका थिएनन् । आज नै निर्णय हुने गरी उनीहरूको बैठक बस्ने भएको हो । केसी र श्रेष्ठबारे इजलासमा प्रश्न उठेपछि आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले संवैधानिक इजलासका ५ जना न्यायाधीशको छलफल गरेका थिए।

उक्त छलफलमा न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले प्रश्न उठेपछि दुई जना न्यायाधीश इजलासबाट बाहिरिनु नै उपयुक्त हुने सुझाव दिएका थिए । प्रधानन्यायाधीश राणााले भने केसी र श्रेष्ठलाई आफैं निर्णय गर्न दिनुपर्ने मत राखेका थिए ।

उनले यस्तो मत राखेपछि कार्की र भट्टराईले यो विषयमा निर्णय गर्न संवैधानिक इजलासको रोस्टरमा तोकिएका सबै १३ न्यायाधीशको बैठक राखेर छलफल गर्नुपर्ने माग गरेतापनि उक्त मागलाई राणाले इन्कार गरेका थिए ।

सोमबार न्यायाधीश केसी र श्रेष्ठले रिट निवेदकहरूले प्रश्न उठाए पनि आफूहरूलाई यो मुद्दा हेर्न कुनै आपत्ति नभएको बेहोरासहितको निर्णय संवैधानिक इजलासका अरू तीन न्यायाधीशलाई पठाएका हुन् ।

विघटन बदर गरेर आफूलाई प्रधानमन्त्री बनाउन माग गर्दै रिट दिएका शेरबहादुर देउवाका वकिलहरूले उनीहरूले मुद्दा हेर्न नमिल्ने भनेर प्रश्न उठाएका थिए।न्यायाधीश श्रेष्ठले नेकपा फुटाउने फैसला गरेको र न्यायाधीस केसीले उक्त फैसला पुनरावलोकन गर्न अस्वीकार गरेका कारण दुवैको स्वार्थ बाझिने प्रश्न उठाएका थिए ।

प्रश्न उठेपछि यस विषयमा निर्णय लिन भन्दै आइतबार संवैधानिक इजलासमा उठेको थियो । संवैधानिक इजलासका न्यायाधीशबीच पनि उनीहरूले यो मुद्दा हेर्ने कि नहेर्नेबारे मत बाझिएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालो कोट लगाएका अराजक व्यक्तिहरूले न्यायाधीशहरूको मर्यादा कुल्चने काम गरेको भनेर आक्रोश प्रकट गरेका थिए ।

हिजो सोमबार युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले न्यायाधीशमाथि विपक्षी गठबन्धनका कानुन व्यवसायीले उठाएको प्रश्‍नप्रति आक्रोश व्यक्त गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !