२२ बैशाख २०८१, शनिबार

वनमन्त्री प्रेम आलेले आफ्नै फोटो टाँसेर सिलिण्डर बाँडेपछि भाइरल


प्रेम आले

काठमाडौं । वनमन्त्री प्रेम बहादुर आलेले डोटी जिल्ला अस्पताललाई हस्तान्तरण गरेका अक्सिजन सिलिन्डरमा ‘नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले ज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री’ लेखिएको स्टिकर टाँसिएको छ ।

अक्सिजन सिलिण्डरमा वनमन्त्री आलेको फोटो टाँसेको तस्वीर अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको छ । स्रोतका अनुसार मन्त्री आलेले ३० वटा अक्सिजन सिलिण्डर, १० लिटर सेनिटाइजर, १२ वटा जनरल बेड, ३० हजार सर्जिकल मास्क र एन्टिजेन किट उपलब्ध गराएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !