२० बैशाख २०८१, बिहिबार

संसद विघटनविरुद्ध विपक्षी गठबन्धन भोलि मात्र सर्वोच्च अदालत जाने


देउवा, प्रचण्ड, नेपाल, भट्टराई र यादव फाइल फोटो

काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रतिनिधि सभा विघटन गर्ने कदमविरुद्ध विपक्षी गठन्धन भोलि सोमबार मात्र सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन् ।

आज दिउसो विपक्षी गठबन्धनका शीर्ष नेताबीच सर्वोच्च अदालतमा रिट दायर गर्ने बारेमा आगामी रणनीतिका विषयमा छलफल गर्न संसद भवन वानेश्वरमा वैठक बसेको छ । विपक्षी गठबन्धन अहिले विघटनविरुद्ध भन्दा पनि देउवाले राष्ट्रपतिसमक्ष पेश गरेको दावीलाई वैधता दिन माग गर्दै अदालत जान लागेको बताइएको छ ।

संसद भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयारी नपुगेका कारण भोलि सोमबार विहान १० देखि ११ बजेका बीचमा आफूहरू भौतिक रूपमै अदालतमा उपस्थित भएर रिट दायर गर्ने बताए ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी दलले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दिन लागेका हुन् । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा रिटको मस्यौदा तयार गरेपछि संघीय संसद भवन नयाँ वानेश्वरमा आई रिटमा सांसदहरुले हस्ताक्षर गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !