२० बैशाख २०८१, बिहिबार

संसद प्रधानमन्त्री र राष्ट्रपतिको रिस पोख्ने भाँडो होइन : वरिष्ठ नेता राई


अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले संसद सार्वभौम सत्ता र राजकीय सत्ता अन्तर्निहित नेपाली जनताको वारेसहरु रहेको राज्यको महत्वपूर्ण अङ्ग रहेको बताएका छन्। राईले संसद प्रधानमन्त्री र राष्ट्रपतिको रिस पोख्ने भाँडो नभएको बताएका छन्।

उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, “संसद सार्वभौम सत्ता र राजकीय सत्ता अन्तर्निहित नेपाली जनताको वारेसहरु रहेको राज्यको महत्वपूर्ण अङ्ग हो, प्रधानमन्त्री र राष्ट्रपतिको रिस पोख्ने भाँडो होइन। चेतना भया ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !