२१ बैशाख २०८१, शुक्रबार

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा पर्‍यो पहिलो रिट


सर्वोच्च अदालत

काठमाडौँ । प्रतिनिधि सभा विघटन गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा पहिलो रिट परेको छ । उत्प्रेषणको आदेशले प्रारम्भदेखिकै प्रक्रिया बदर गर्न माग गर्दै अदालतमा रिट परेको हो । तर उक्त रिट दर्ताको प्रक्रियामा रहेको सर्वोच्च अदालत स्रोतले बताएको छ ।

अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल, अमिता गौतम पौडेल र तुलसीराम पोखरेलले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली र कानून मन्त्रालयलाई विपक्षी बनाइ रिट दायर गरेका हुन् ।

साथै रिटको अन्तिम टुंगो नलागेसम्म उक्त निर्णयहरू तत्काल कार्यन्वयन नगर्नू, नगराउनू भन्ने समेत व्यहोराको आदेश विपक्षीका नाममा जारी गर्न पनि माग गरिएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !