२३ बैशाख २०८१, आइतबार

मन्त्रिपरिषद् निर्णय : संसद विघटन, कार्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव


मन्त्रिपरिषद् फाइल फोटो

काठमाडौँ । सरकारले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन गर्दै कार्तिक २६ गते र मंसिर ३ गते गरी दुई चरणमा चुनाव गर्ने मिति तय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । राष्ट्रपति कार्यालयले मध्य राति विज्ञप्ति जारी गरेलगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्रीका लागि गरिएको दावी खारेज गरेलगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको हो । राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीका लागि केपी शर्मा ओली र शेरहादुर देउवा दुबैको दाबी नपुग्ने निर्णय गरेकी छन् ।

संविधानको धारा ७६ (५) अनुसार बहुमतको सरकार दिन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक रुपमै प्रतिनिधिसभा विघटन गरेका हुन् । उनले विघटन सिफारिस गरेर राष्ट्रपति कार्यालयमा पठाएका छन् ।

संविधानको धारा ७६को उपधारा (५) अनुसार प्रधानमन्त्री नियुक्त हुन नसकेपछि अब संसद विघटन र मध्यावधि निर्वाचनको बाटो खुलेको हो । धारा ७६(७) मा भनिएको छ, ‘उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !