१४ बैशाख २०८१, शुक्रबार

बहुमत सांसदको हस्ताक्षर दर्ता गराएर शीतल निवासबाट बाहिरिँए देउवा


शीतल निवास

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नलाई बहुमत सांसदको हस्ताक्षर दर्ता गराएर विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति कार्यालय शीतल निवासवाट बाहिरिँएका छन् ।

नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा संयुक्त बैठकपछि नेताहरु शीतल निवास पुगेका थिए । बैठकको सहमतिअनुसार कांग्रेस सभापति देउवाका पक्षमा १४९ सांसदको हस्ताक्षर संकलन भएको हो ।

विशेष स्रोतका अनुसार कांग्रेस, माओवादी, जसपा र एमालेको माधव नेपाल समूह सांसहरुले हस्ताक्षर गरेका छन् । कांग्रेसका एक सांसदका अनुसार एमाले नेपाल समूहका २७ सांसदले देउवाको पक्षमा हस्ताक्षर गरेका छन् ।

तर नेकपा एमाले एकताका लागि गठित वार्ता टोलीको बैठक सिंहदरबारमा शुरु भएकाे छ । नेकपा एमालेको नेपाल समूहका सुरेन्द्र पाण्डेले शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन वैकल्पिक सरकार दावी गर्ने २७ जना एमाले सांसदको हस्ताक्षर दुरुपयोग भएको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !