१४ बैशाख २०८१, शुक्रबार

एक्कासी रामकुमारी झाँक्री पुगिन् सिंहदरबार, मन्त्री बन्ने सम्भावना


रामकुमारी झाक्री

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनाल समूहका सांसदहरु सिंहदरबारमा भेला भएका छन् । सिंहदरबारमा नेता नेपाल, भीम रावल, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, झपट रावल लगायत २० भन्दा बढी सांसदहरु सिंहदरबार पुगेका छन् ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) को सरकार बनाउन आह्वान गरेपछि नेपाल समूहले सांसदहरुको भेला बोलाएको हो ।

नेपाल प्रधानमन्त्री बनेको खण्डमा नेपाल समूहबाट धेरै नेताहरु मन्त्री बन्ने छन्। त्यस मध्ये पहिलो मन्त्री झाँक्री बन्ने पक्का छ। स्रोतका अनुसार नेपाल प्रधानमन्त्री बन्ने तयारीमा छन्। नेपालले कांग्रेस, माओबादी केन्द्र र जसपाले समेत साथ पाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !