२० बैशाख २०८१, बिहिबार

लौरो उभ्याएर भएपनि ७६(५) को वैकल्पिक सरकार दिऊँ : बाबुराम भट्टराई

बाबुराम भन्छन्, 'संसद, संविधान, लोकतन्त्रको रक्षा आजको अहम् प्रश्न हो'


डा. बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लौरो उभ्याएर भएपनि ७६(५) को वैकल्पिक सरकार मिलेर दिन सवै बिपक्षी दललाई आग्रह समेत गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले संसद, संविधान, लोकतन्त्रको रक्षा आजको अहम् प्रश्न भएकोले जे गरेर रक्षा हुन्छ त्यही गरौं भन्दै सबैले आवश्यक त्याग र बलिदान गर्न आग्रह गरेका हुन् ।

उनले लौरो उभ्याएर भएपनि ७६(५) को वैकल्पिक सरकार दिन आजै गरौं, अहिल्यै गरौं भन्दै बिपी, पिएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान र लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्ने बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !