१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले गरे बादललाई जिताउन अपिल


प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वागमती प्रदेशका लागि हुन गइरहेको राष्ट्रियसभाको उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’लाई जिताउन अपिल गरेका छन् ।

आज बुधबार अपिल जारी गर्दै उनले सूर्य चिन्ह लिएर उम्मेद्वारी दिएका बादललाई मतदान गर्न पार्टी पंक्तिलाई आग्रह गरेका हुन् । बादल एमालेको आधिकारिक उम्मेद्वार भएकाले पार्टी निर्णय विपरीत मतदान नगर्न ओलीले चेतावनी समेत दिएका छन् ।

पार्टी उम्मेद्वारलाई मतदान नगर्नु एमाले पार्टीमा मात्रै नभएर बहुदलीय शासन प्रणालीमा पनि स्वीकार्य र क्षम्य नहुने अपिलमा उल्लेख छ ।पार्टीप्रति बफादार हुने सपथ लिएको भन्दै त्यसलाई पालना नगर्ने विन्दुमा पुग्ने कुरा अकल्पनीय भएको ओलीको भनाइ छ ।

उनले पार्टीभित्र देखा परेका समस्याको समाधान गर्न कार्यदल बनेको उल्लेख गर्दै पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु कल्पना बारिहको विषय भएको बताएका छन् ।

यस्तो छ ओलीले बादललाई जिताउन पार्टी पंक्तिलाई गरेको अपिल

यस्तो छ ओलीले बादललाई जिताउन पार्टी पंक्तिलाई गरेको अपिल यस्तो छ ओलीले बादललाई जिताउन पार्टी पंक्तिलाई गरेको अपिल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !