२३ बैशाख २०८१, आइतबार

प्रधानमन्त्रीमा नयाँ नियुक्तिपछिको पहिलो मन्त्रिपरिषद्को बैठक बालुवाटारमा


मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । वर्तमान सरकार गठनपछि आज पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसिरहेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको बैठकमा कोभिड-१९ रोकथाम तथा नियन्त्रणको समीक्षा, उपचार र सेवाका लागि अत्यावश्यक भौतिक र कानूनी पक्षहरुबारे छलफल हुने जनाइएको छ ।

कोरोना संक्रमणको दोस्रो लहर विस्तार भएपछि रोकथामका लागि मुलुकका ७३ जिल्लामा निषेधाज्ञा जारी छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबारेमा पनि सरकारले गृहकार्य गरिरहको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा ठूलो दल रहेको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा तेस्रो कार्याकालका लागि गत वैशाख ३० गते नियुक्त गरेकी थिइन् ।

आजको बैठकमा कोरोना संक्रमण नियन्त्रण गर्नका लागि महत्वपूर्ण निर्णय हुने सम्भावना रहेको छ । साथै, बैठकमा अन्य समसामयिक विषयमा पनि छलफल भइरहेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !