१४ बैशाख २०८१, शुक्रबार

ओली प्रधानमन्त्री बनेपछि गगन थापाले दिए कडा प्रतिक्रिया


गगन थापा फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना महामारीसँग लड्न आग्रह गरेका छन्। ओली प्रधानमन्त्री बनेपछि नेता थापाले अब केही दिन अन्य सबै कुरा छोडेर मन, ध्यान, शक्ति, उर्जा, संयन्त्र सवै महामारीसंग जुध्न आग्रह गरेका छन्।

उनले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै भनेका छन्, “प्रधानमन्त्रीज्यू, फेरी एकपटक मौका पाउनु भएको छ।अब केही दिन तपाईं अन्य सबै कुरा छोडेर मन,ध्यान,शक्ति,उर्जा, संयन्त्र सवै महामारीसंग जुध्न लगाउनुहोस। हामी पनि अबको केही समय तपाईंसँगका सवै असहमतिलाई विसाएर जनताको जीवन रक्षा गर्न तपाईंको साथमा उभिनेछौं।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !