२३ बैशाख २०८१, आइतबार

नेपाल समूहका नेता सुरेन्द्र पाण्डे मन्त्री बन्ने सम्भावना


सुरेन्द्रप्रसाद पाण्डे फाइल फोटो

काठमाडौं । प्रधानमन्त्रीमा नियुक्ति भएसंगै केपी शर्मा ओलीले आजै मन्त्रिपरिषद् पनि विस्तार गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारबारे बालुवाटारमा छलफल जारी छ।

ओलीले आफ्नो मन्त्रिमण्डलमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि समेट्ने तयारी गरेका छन् । विशेष स्रोतका अनुसार नेपाल समूहका नेता सुरेन्द्र पाण्डेलाई मन्त्री बनाउने सम्भावना रहेको छ । एक नेताका अनुसार सुरेन्द्र पाण्डेसंगै अन्य नेपाल समूहका नेताहरुलाई मन्त्री बनाउने ओलीको तयारी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !