१४ बैशाख २०८१, शुक्रबार

रामकुमारी झाक्रीको सांसद पद डेन्जर जोनमा


रामकुमारी झाँक्री

काठमाडौँ । नेकपा एमालेले विश्वासको मत दिन अनुपस्थित भएर ह्वीप उल्लंघन गर्ने समानुपातिक सांसदहरुलाई कारवाही गर्ने भएपछि एमालेको नेपाल समूहकी सांसद रामकुमारी झाक्रीको पद डेन्जर जोनमा परेको हो ।

यद्यपी एमालेले विश्वासको मत दिन अनुपस्थित भएर ह्वीप उल्लंघन गर्ने प्रत्यक्ष निर्वाचित सांसदहरुलाई भने तत्कालै कारवाही नगर्ने भएको छ ।समानुपातिक सांसदलाई भने कानुन बमोजिम ह्वीप उल्लंघन गरेका कारण पदमुक्त गरेर, बन्दसूचीमा रहेका उम्मेदवारलाई जिताउनेबारे एमालेको ओली समूहका शीर्ष नेताहरुले छलफल गरेका हुन् ।

ओली समूहको एमाले स्रोतका अनुसार नेपाल समूहका ८ जना समानुपातिक सांसदहरु रामकुमारी झाँक्री, कल्याणी खड्का, मुकुन्द न्यौपाने, सरला यादव, पुष्पा कर्ण, कलिला खान, लक्ष्मीकुमारी चौधरी र निरादेवी जैरीलाई ह्वीप उल्लंघनमा पदमुक्त गर्नेबारे छलफल भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !