२३ बैशाख २०८१, आइतबार

बहुमतको सरकारका लागि आह्वान गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको तयारी


विद्यादेवी भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेकी छन् । प्रतिनिधिसभामा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दा पक्षमा जम्मा ९३ मत मात्र प्राप्त भएपछि उनी पदमुक्त भएका छन् ।

राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालका अनुसार संसद सचिवालयले आजको मत परिणामसहितको जानकारी पत्र राष्ट्रपति कार्यालयमा पठाउँछ, त्यसपछि नयाँ सरकार गठन प्रक्रिया सुरु हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !