२६ बैशाख २०८१, बुधबार

प्रदेश नम्बर १ को प्रदेशसभा भवन सार्ने तयारी


प्रदेश १ को प्रदेशसभा

१३ फागुन, विराटनगर । प्रदेश १ को प्रदेशसभा भवन साँघुरो भएको भन्दै विकल्पको खोजी सुरु भएको छ । ९३ जना सांसद रहेको संसद भवनको सिट क्षमता भने १ सय ४० जनाको मात्रै छ ।

‘संसद भवन अत्यन्तै साँघुरो र असजिलो भएको भन्दै मानीय सांसदज्यूहरूवाट सार्ने कुराकानी आइरहेको छ’, सभामुख प्रदीपकुमार भण्डारीले भने, ‘हलको वैकल्पिक व्यवस्थापनको खोजी भइरहेको छ ।’ उपयुक्त भए सरकारी वा नीजि क्षेत्रका घर भाडामा लिएर भए पनि संसद भवनको रूपमा प्रयोग गर्न सकिने गरी खोजी भइरहेको संसद सचिवालयले जनाएको छ ।

त्यस्तैगरी प्रदेश नम्बर १ को प्रदेशसभाको बैठक सोमबार बस्ने भएको छ । सोमबार १ बजे बस्ने बैठकमा कार्य व्यवस्था परामर्श समिति निर्माण गर्ने र प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा समिति गठन गर्ने २ वटा मात्रै कार्यसूची रहेको छ । सदनमा कोही पनि सांसदले आवश्यक समय लिएर मन्तव्य दिने कार्यसूची नरहेको सभामुख भण्डारीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !