१४ बैशाख २०८१, शुक्रबार

ओली गुटलाई सरकारी निर्णय लाग्दैन र भन्दै भीम रावलले दिए कडा प्रतिक्रिया


भीम रावल

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले कोरोनाबाट जोगिन अरूलाई भेला, बैठक, समारोह नगर्न भन्ने तर प्रमं ओली र उहाँका निकटस्थहरू भेला, बैठक, समारोह गरिरहने, यो के हो ? भन्दै प्रश्न गरेका छन्।

रावलले ओली गुटलाई सरकारी निर्णय लाग्दैन र ? कि उहाँको गुट सरकारी निर्णय र कानूनभन्दा माथि हुने कतै गोप्य अध्यादेश जारी भइसक्यो? भन्दै प्रश्न गरेका छन्। उनले कानूनका सामु सबै बराबर होइन र भन्दै प्रश्न गरेका छन्।

उनले लेखेका छन्, “कोरोनाबाट जोगिन अरूलाई भेला,बैठक,समारोह नगर्न भन्ने तर प्रमं ओली र उहाँका निकटस्थहरू भेला,बैठक,समारोह गरिरहने,यो के हो?प्रमं ओली गुटलाई सरकारी निर्णय लाग्दैन र? कि उहाँको गुट सरकारी निर्णय र कानूनभन्दा माथि हुने कतै गोप्य अध्यादेश जारी भइसक्यो?! कानूनका सामु सबै बराबर होइन र?”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !