२५ बैशाख २०८१, मंगलबार

महाधिवेशन नभएसम्म ओली र मलाई अध्यक्ष माने हुन्छ : प्रचण्ड


prachanda

८ फागुन, चितवन । चितवनको भरतपुरमा मंगबार प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ पार्टीको अध्यक्षता केपी शर्मा ओली र आफूले पालैपालो गर्ने बताएका छन् ।

सैद्धान्तिक रूपमा नेपाल कम्युनिस्ट पार्टी भइसकेको भन्दै अध्यक्ष दाहालले कानुनी रूपमा निर्वाचन आयोगमा दर्ता गरेपछि भन्न मिल्ने उल्लेख गरे । ‘महाधिवेशन नभएसम्म दुवै जना अध्यक्ष प्रणालीमा गएका छौँ’, उनले भने, ‘आजवाट केपी ओली र मलाई अध्यक्ष मान्दा भयो ।’ व्यावहारिक र सैद्धान्तिक रूपमा केपी ओली र आफू दुवै पार्टीका अध्यक्ष भएको भन्दै दाहालले बैठकको अध्यक्षतासमेत आलोपालो गर्ने गरी सहमति भएको जानकारी दिए । महाधिवेशनसम्म यसैगरी अघि बढ्नेसमेत दाहालले बताए ।

अन्तरिम राजनीतिक प्रतिवेदन बनाउन माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठको सहभागितामा कार्यदल बनाएको र अर्को कार्यदल अन्तरिम विधान र संगठनको सेटका लागि सुझाव दिन रामबहादुर थापा, प्रदीप ज्ञवालीलगायतको सहभागितामा २ वटा कार्यदल बनाएको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !