२५ बैशाख २०८१, मंगलबार

माधव नेपालसहित ८ जनालाई अन्तिम स्पष्टीकरण सोध्ने एमालेको निर्णय


माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल

काठमाडौं । आज सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमाले केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधव नेपाल सहित ८ जना नेताहरुसँग अन्तिम स्पष्टीकरण सोध्ने भएको छ ।

यसअघि निलम्बित नेता नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र प्रकाश ज्वाला लगायत कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने ५ जनासहित ८ जनालाई अन्तिम चेतावनी स्वरुप स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

कानून बमोजिम मनासिव माफिकको सफाइ पेस गर्ने मौका दिनका लागि २ दिनको अन्तिम चेतावनी सहितको स्पष्टीकरण मागिएको छ । त्यसपछि माधव नेपालसहितका नेताहरूमाथि थप कडा कारवाही हुने अध्यक्ष ओलीले बताएका छन् ।

नेपालसहित विभिन्न प्रदेशका सरकारविरुद्ध प्रत्यक्ष अप्रत्यक्ष सहभागी भएका नेताहरुलाई अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनीहरबाट चित्त बुझ्दो जवाफ नआए वैशाख १० गते बस्ने केन्द्रीय कमिटी बैठकले कारवाही गर्नेछ ।

*यसअघि ८ जना हुनुपर्नेमा २० जना भएकोमा त्रुटी सच्याईंएको छ – प्रधान-सम्पादक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !