१४ बैशाख २०८१, शुक्रबार

बालुवाटारमा सर्वदलीय बैठक : देउवा-ठाकुर गए, प्रचण्ड-नेपाल र बाबुराम-उपेन्द्र गएनन्


सर्वदलीय बैठक फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा जारी रहेको छ । प्रधानमन्त्री ओलीले संसदको हिउँदे अधिवेशन अन्त्‍य गर्नुअघि समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।

आज बस्ने सर्वदलीय बैठकमा कोरोना महामारीले उत्पन्न गरेको समस्याको बारेमा पनि छलफल भई रहेको छ । आज बसिरहेको बैठकमा विभिन्न दलका शीर्ष नेताहरु तथा पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको थियो ।

बालुवाटारमा जारी बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पाैडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पुर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, नेमकिपाका प्रेम सुवाल, राप्रपाका प्रकाशचन्द्र लोहनीका साथै जनमोर्चाको प्रतिनिधिको पनि सहभागी भएका छन् ।

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादवलाई भने बैठकको जानकारी नभएको जसपा नेताले बताएका छन् । जसपाका अध्यक्ष ठाकुरसँग नियमित संवादमा रहेका प्रधानमन्त्रीले बाबुराम र उपेन्द्रलाई बोलाउन नचाहेको अनुमान त्यस पार्टीका नेताहरुले गरेका छन् ।

प्रधानमन्त्री र ठाकुरबीच भइरहेको वार्ता प्रक्रिया र अ‍ोली सरकारलाई साथ दिने मामिलामा ती दुई नेता विपक्षमा भएकोले जसपाकै संघीय परिषद अध्यक्ष भट्टराई र यादव भने बैठकमा सहभागी भएका छैनन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित नेताहरू कोही पनि छैनन् भने एमाले वरिष्ठ नेता माधव नेपाल समूहका नेता पनि सहभागी भएका छैनन् ।

बैठकमा प्रधानमन्त्री ओलीसँगै उनको समूहका नेता ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ लगायत छन् । नेपाललाई भने बैठकको निम्तो नै नभएको उनीनिकट स्रोतले बतायो । दाहालले भने बालुवाटारमा सहभागी नहुने भन्दै सिंहदरबारमा बैठक राख्न सुझाएका थिए ।

यो पनि पढ्नुहोस्

ओलीले बोलाएको बैठक बहिस्कार गरी प्रचण्डले नेपालसँग कोटेश्वरमा के गरे छलफल ?

ओलीले बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड र माधव नेपाल सहभागी नहुने

आज प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठक बस्दै

प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड नजाने

ओलीको निम्तो प्रचण्डद्वारा अस्वीकार : बालुवाटार होइन, सिंहदरबारमा भेटौं

गुहार माग्दै प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन, के कुरा भयो ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !