१२ बैशाख २०८१, बुधबार

गुहार माग्दै प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन, के कुरा भयो ?


ओली र प्रचण्ड फोन कुराकानी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आज प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेका छन् । आफूलाई प्रधानमन्त्री ओलीले भेटवार्ताका लागि फोन गरेको प्रचण्डले बताएका छन् ।

दुई धारमा विभक्त भई पूर्व र पश्चिम लागेर पानी बराबारको सम्वन्ध भएको बेला एक्कासी ओलीले प्रचण्डलाई फोन गर्नुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन उद्घाटनपछि प्रचण्डलाई ओलीले फोन गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लामो समयपछि टेलिफोनमा संवाद गरेका छन् ।

प्रचण्डले धेरै समयपछि प्रधानमन्त्री ओलीको फोन आएको सुनाए । ओलीसँग कुरा गर्ने भन्दै उनले भने, ‘यो बाटो बनाइदिनुस् भन्नेवाला छु ।’

प्रतिनिधिसभा विघटन र एमाले माओवादी ब्युँतिएपछि दुवै नेतावीच कुनै संवाद हुन सकेको थिएन । आज लामो समयपछि ओलीले प्रचण्डलाई फोन सम्पर्क गरेका हुन् ।

माओवादी केन्द्रका नेताहरुका अनुसार ओलीले बेला-बेलामा प्रचण्डलाई फोन गरेर भेटन अनुरोध गरेको भए पनि प्रचण्डले भने एक्लै भेटन अस्वीकार गर्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !