११ बैशाख २०८१, मंगलबार

आज प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठक बस्दै


केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक आज शनिवार विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बस्दैछ ।

प्रधानमन्त्री ओलीले संसदको हिउँदे अधिवेशन अन्त्‍य गर्नुअघि समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् । आज बस्ने सर्वदलीय बैठकमा कोरोना महामारीले उत्पन्न गरेको समस्याको बारेमा पनि छलफल हुने बुझिएको छ ।

बैठकमा निम्ता दिनकै लागि प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन समेत गरेको बताइएको थियो । बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदम लगायतका विषयमा छलफल हुने बताइएको छ ।

संसदमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदूर किसान पार्टी गरी ७ दलको प्रतिनिधित्व छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !