१४ बैशाख २०८१, शुक्रबार

कर्णालीका मुख्यमन्त्री शाहीद्वारा विश्वासको मत माग, पाउलान् त ?


महेन्द्रबहादुर शाही File Photo

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा बैठकमा विश्वासको मत लिनका लागि प्रस्ताव पेश गरेका छन् । आज शुक्रबार बसेको कर्णाली प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत मुख्यमन्त्री शाहीले विश्वासको मत मागेका हुन् ।

मुख्यमन्त्री शाहीले विश्वासको मत मागेपछि अहिले छलफल चलिरहेको छ । प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव पेश गर्दै मन्तव्य प्रस्तुत गरेका छन् ।

शाहीले आफ्नो नेतृत्वको सरकारले प्रदेशको विकासका लागि गरिरहेका कामहरुको फेहरिस्त प्रस्तुत गर्दै कर्णालीको विकासका लागि इमान्दारिताका साथ काम गरेको उनको भनाई रहेको छ ।

४० सदस्यीय कर्णाली प्रदेशसभाका सदस्य मध्ये माओवादी केन्द्रबाट निर्वाचित धर्मराज रेग्मी एमालेमा प्रवेश गरेपछि ३९ सदस्यीय बनेको छ । प्रदेशसभामा बहुमत पुर्‍याउनका लागि २० जना सांसदको आवश्यकता पर्छ ।

एमालेले माओवादी केन्द्रका शाही नेतृत्वको सरकारबाट बाहिरिँदै नयाँ सरकार निर्माणको गृहकार्य थालेको छ । यस्तो अवस्थामा एमाले एक्लैले बहुमत पुर्याउन सक्ने स्थिति रहेको छ ।

माओवादी, काँग्रेस या राप्रपाका सवै प्रदेशसभा सांसद जोड्दा पनि १९ जना मात्र पुग्छन् । तर मुख्यमन्त्री शाही भने एमालेका १/२ जना सांसदलाई आकर्षक मन्त्रालय दिने सर्तसहित आफ्नो पक्षमा ल्याउन प्रयासरत छन् ।

नेकपा एमालेले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिन आएको भन्दै उनले सरकारलाई समर्थन गर्न आग्रह गरेका छन् । तर नेकपा एमालेले आफै सरकार बनाउन प्रयास गरिरहेको सन्दर्भमा उनले विश्वासको मत पौने सम्भावना न्यून रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु