१४ बैशाख २०८१, शुक्रबार

संयोजक वामदेव गौतमले दिए यस्तो शुभकामना


वामदेव गौतम

काठमाडौं । एमालेका नेता वामदेव गौतमले नव वर्ष २०७८ का अवसरमा स्वदेश र विदेशमा रहेका दाजुभाइ दिदिबहिनी र परिवारजनमा सबैको व्यक्तिगत तथा सार्वजनिक जीवन सुखमय रहोस् भन्ने कामना व्यक्त गरेका छन्।

गौतमले सबैजनाको परिवारको सुस्वास्थ्य, दीर्घायुका साथै सकारात्मक उपलब्धीका निम्ति शुभकामना व्यक्त गरेका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, “नव वर्ष २०७८ का अवसरमा स्वदेश र विदेशमा रहनुहुने दाजुभाइ दिदिबहिनी र परिवारजनमा म तपाईहरु सबैको व्यक्तिगत तथा सार्वजनिक जीवन सुखमय रहोस् भन्ने कामना व्यक्त गर्दछु । यहाँ तथा यहाँको परिवारको सुस्वास्थ्य, दीर्घायुका साथै सकारात्मक उपलब्धीका निम्ति शुभकामना व्यक्त गर्दछु ।वामदेव गौतम, उपाध्यक्ष, नेकपा (एमाले)संयोजक, नेकपा एकता राष्ट्रिय अभियान अध्यक्ष, अखिल नेपाल किसान महासंघ”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !