१४ बैशाख २०८१, शुक्रबार

क्रिश्चियन मिसनरीहरूको धर्म परिवर्तन र सांस्कृतिक आक्रमणबाट देश र जनतालाई बचाऊ : कमल थापा


कमल थापा

काठमाडौं ‍। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कम्युनिष्ट र औपनिवेशिक मिसनरीहरूको धर्म परिवर्तन र सांस्कृतिक आक्रमणबाट देश र जनतालाई जोगाउन सम्पूर्ण सनातन धर्मावलम्बीहरू एकजुट हुनुपर्ने बताएका छन् ।

आज शनिबार बिहानै सामाजिक संजाल ट्वीटरमा लेख्दै थापाले नेपाल सनातन धर्म संस्कृति संगठनको प्रथम महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित प्रशिक्षण उत्साहप्रद रहेको समेत बताएका छन् । साथै उनले सामाजिक विभेद र असमानता अन्त्य गर्नुपर्छ पनि भनेका छन् ।

उनले लेखेका छन्, ‘नेपाल सनातन धर्म संस्कृति संगठनको प्रथम महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित प्रशिक्षण उत्साहप्रद रह्यो । कम्युनिष्ट र औपनिवेशिक मिसनरीहरूको धर्मपरिवर्तन र सांस्कृतिक आक्रमणबाट देश र जनतालाई जोगाउन सम्पूर्ण सनातन धर्मावलम्बीहरू एकजुट हुनुपर्छ। सामाजिक विभेद र असमानता अन्त्य गर्नुपर्छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !