२० बैशाख २०८१, बिहिबार

देउवा निवास बुढानीलकण्ठमा तीन दलको बैठक शुरु


देउवा, प्रचण्ड र ठाकुर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक शुरु भएको छ । देउवा निवास बुढानीलकण्ठमा शुक्रबार अपरान्ह नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सहितको बैठक शुरु भएको हो ।

स्रोतका अनुसार बैठकमा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी भएका छन् । जनता समाजवादी पार्टीबाट संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवलगायत नेताहरु सहभागी छन् ।

त्यस्तैगरी नेपाली कांग्रेसका सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्रीहरु डा. शशांक कोइराला र प्रवक्ता विश्वप्रकाश शर्मा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !