१० जेष्ठ २०८१, बिहिबार

रामबहादुर थापाको गृहमन्त्री पद नै गुम्यो, अब को बन्दै छन् नयाँ गृहमन्त्री ?


रामहादुर थापा

काठमाडौं । माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादल र सांसद चन्द्रबहादुर खड्कालाई कारवाही गरेको छ। पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका उनीहरुलाई राष्ट्रियसभाको सदस्यबाट हटाइएको छ ।

दल त्याग गरेकाले माओवादी केन्द्रले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार बादल र खड्कालाई कारवाही गरेको हो । माओवादीले दुबै जनाले दल त्याग गरेको सूचना संघीय संसद सचिवालयमा बुझाउँदै राष्ट्रियसभा सदस्यबाट पदमुक्त गर्न सिफारिस गरिएको छ। यो सँगै बादलको गृहमन्त्री पद स्वत जाने भएको छ।

यसअघि बिहीबार मात्र एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको प्रतिनिधिसभा सदस्य पद खारेज भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !