२६ बैशाख २०८१, बुधबार

प्रदेश नम्बर १ को मन्त्रिपरिषदको पहिलो निर्णय : शहीदभूमिमै नमुना बस्ती


pradesh

३ फागुन, विराटनगर । प्रदेश नम्बर १ को मन्त्रिपरिषदको पहिलो बैठकले शहीदको नाममा विभिन्न ११ ठाउँमा नमुना बस्ती निर्माण गर्ने निर्णय गरेको छ । वैठकपछि मुख्यमन्त्री शेरधन राईले राजनीतकि परिर्वतनका लागि वलिदानी गर्ने शहीदको सम्मानका लागि शान्त सुरक्षित, सुविधासम्पन्न नमुना बस्ती निर्माण गर्ने निर्णय गरेको जानकारी दिए ।

मन्त्रिपरिषदले मदन भण्डारीको जन्मथलो ताप्लेजुङको ढुंगेसाँघु, रत्नकुमार बान्तवा र बम बान्तवाको गाउँ इलामको चमैता, झापाको सुखानी, धनकुटाको छिन्ताङ, ओखलढुंगाको रामलक्ष्मण शहीदभूमि, तेह्रथुमको आङबुङ र नेत्रप्रसाद गुरागाई शहीदभूमि, भोजपुरको बासीखोरामा नमुना बस्ती बनाउने निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !