२३ बैशाख २०८१, आइतबार

एकाबिहानै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले लेखे यस्तो स्टाटस


सूर्य थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले प्रदेश नं १ र वागमतीका मुख्यमन्त्री विरूद्द ल्याएका अविश्वास प्रस्ताव फिर्ता हुनु सकारात्मक संकेत रहेको बताएका छन् । थापाले एक स्टाटस लेख्दै हिजाे जुनसुकै कारणले अराजकता देखिए पनि आज अनुशासन, एकता, स्थिरता र बलियाे सरकार पक्षका यी कदम सही रहेको बताएका छन् ।

थापाले लेखेका छन्, ” प्रदेश नं १ र वागमतीका मुख्यमन्त्री विरूद्द ल्याएका अविश्वास प्रस्ताव फिर्ता हुनु सकारात्मक संकेत हाे ।हिजाे जुनसुकै कारणले अराजकता देखिए पनि आज अनुशासन, एकता, स्थिरता र बलियाे सरकार पक्षका यी कदम सही छन्। कर्णाली र सुदूरपश्चिममा पनि जनादेशअनुरूप निष्कर्षमा पुग्नु अनिवार्य छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !