१४ बैशाख २०८१, शुक्रबार

प्रचण्ड सर्वोच्च अदालत पुगेपछि शान्ता चौधरीले गरिन् यतिसम्मको ‘गाली’


शान्ता चौधरी

काठमाडौं । नेकपा एमालेकी नेत्री शान्ता चौधरीले पुष्पकमल दाहाल प्रचण्डलाई कडा रुपमा प्रश्न गरेकी छन्। चौधरीले अदालतले पार्टी एकता गरि दिने हो र भन्दै प्रश्न गरेका छन्।

प्रचण्डले मंगलबार तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (ने क पा) खारेज गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकन निवेदन दिन सर्वोच्च पुगेपछि चौधरीले यस्तो प्रश्न गरेकी हुन्।

चौधरीले एक स्टाटस लेख्दै भनेकी छन्, “क. प्रचण्ड अदालतले पार्टी एकता गरि दिने हो र साच्चै एकिकृत पार्टी निर्माण गर्न चाहेको भए पार्टी एकताका आधारभुत कामहरु गर्नु पर्ने थियो देश ब्यापी संगठन निर्माण मा लाग्नु पर्ने थियो अहिले आएर अदालतको दैलोमा अहिले जानै पर्दैनथ्यो। उतिबेला आफ्नो पद र स्वार्थ भन्दा माथि उठ्न सकेको भए। क. प्रचण्ड,एकतालाई जोगाउने प्रयास गरेको भए आज अर्कै माहोल सिर्जना हुने थियो । कमरेडले एकताको मर्म विपरित गतिविधि गर्नुभयो त्यतिबेला । अब चै अदालतको दैलोमा गएर के गर्नु ? आत्म आलोचित हुनुहोस र नया ढंगले देश र जनता लाइ केन्द्रमा राखेर एकताको प्रयत्न गर्नुहोस।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !