२२ बैशाख २०८१, शनिबार

केन्द्रदेखि वडासम्म नै समानान्तर कमिटी गठन गर्ने खनाल-नेपाल समूहको निर्णय


माधव नेपाल र झलनाथ खनाल फाइल फोटो

काठमाडौँ । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहले केन्द्रदेखि वडासम्म नै समानान्तर कमिटी गठन गरेर एमालेका अध्यक्ष केपी शर्मा ओलीले टक्कर दिने निर्णय गरेको छ ।

काठमाडौँको कलंकीस्थित एक होटेलमा उक्त समूहको स्थायी कमिटी सदस्यहरूको बैठकले आज दिउसो बसेको बैठकले सो निर्णय गरेको हो । माधव नेपाल, झलनाथ खनालसहित ११ जना नेताहरुले संयुक्त विज्ञप्ति निकालेका छन् ।

सो बैठकले ओलीले राज्यसत्ताको दुरुपयोग गर्दै तानाशाही लाद्ने दुष्प्रयास भएको आरोप पनि लगाएको छ । विधि र प्रक्रियागत ढंगले पार्टीलाई पूर्ववत अवस्थामा फर्काउन गरेको आग्रह विपरीत ओलीले स्वेच्छाचारी कदम चालेको उक्त समूहले आरोप लगाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !