२६ बैशाख २०८१, बुधबार

ओलीको तयारी : नेपाल र रावललाई ६ महिना पार्टी केन्द्रीय कमिटी सदस्यबाट निलम्बन गर्ने


केपी शर्मा ओली फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एमालेका बरिष्ठ नेता माधव नेपाल र नेता भीम रावललाई ६ महिना पार्टी केन्द्रीय कमिटीकाे सदस्यबाट निलम्बन गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले हिजो राती सामाजिक संजाल फेसबुकमा लेख्दै कमसेकम माधवकुमार नेपाल र भीमबहादुर रावल पिएचडीलाई ६/६ महिना पार्टी केन्द्रीय कमिटीकाे सदस्यबाट निलम्बन गरी देशव्यापी महान शुद्धीकरण अभियान अघि बढाउनुकाे कुनै अर्काे विकल्प छैन भनेर यी दुवै नेताहरुलाई कारबाहीको संकेत गरेका हुन् ।

थापाले अनि बल्ल पार्टी अनुशासित, सबल र पार्टीजस्ताे हुन्छ भन्दै नत्र प्रचण्डसँगकाे अघाेषित कार्यगत एकता, हरेक दिनजस्ताे भेटघाट र साँठगाँठ किन चलिरहेकाे छ ? भनेर नेपाललाई प्रश्न समेत गरेका छन् ।

उनले प्रचण्ड र माधव नेपालका इमान्दार नाेकर बनेर पुस ५ गतेयता फागुन २३ गतेसम्म तिनीहरूले बास्तवमा के चाहिँ गर्न बाँकी ? भनेर प्रतिप्रश्न समेत गरेका छन् । काेही प्रदर्शनी मार्गमा चिच्याएका थिए भने कोही केपी शर्मा ओलीलाई बालुवाटारबाट ननिकालेसम्म विश्राम लिन्नाैं भनेको समेत तितो स्मरण गरेका छन् ।

थापाले दु:खी आत्माहरूलाई आज पार्टी एकता चाहिएकाे रहेछ भन्दै खनाल-नेपाल समूहको एमालेका नेताहरुलाई तीखो व्यंग प्रहार गरेका छन् । उनले निशर्त नेकपा (एमाले), सूर्य चिन्ह र केन्द्रीय कमिटीले फागुन २८ गते र त्यस यता गरेका निर्णयहरू तथा केपी शर्मा ओलीकाे मियाेमा आबद्ध भएर अघि बढ्न तयार भई आए पाे स्वागत छ, अन्यथा किन -याई-याईं गर्ने ? भनेर नेपाललाई प्रश्न गरेका छन् ।

उनले पार्टी अध्यक्ष र प्रधानमन्त्री ओलीसहित हामी एक दर्जनमाथि कारबाहीकाे घाेषणा गर्ने, समर्थनमा थपडी बजाउने र पार्टी कब्जा गर्ने नियतमा समवेत् श्वरमा श्वर मिलाउन तछाडमछाड गर्ने भ्रममा बाँच्न बाध्य अभिशप्त दु:खी आत्माहरू भनेर खनाल-नेपाल समूहको एमालेका नेताहरुलाई टिप्पणी गरेका हुन् ।

यो पनि पढ्नुहोस्

सूर्य थापा भन्छन्, ‘पार्टी कब्जा यस्ता हर्कतहरु गरेको थियो खनाल-नेपाल समूहले’

सूर्य थापा भन्छन्, ‘दु:खी आत्माहरूलाई आज पार्टी एकता चाहिएकाे रहेछ’

सूर्य थापाले एमालेको खनाल-नेपाल समूहलाई दिए दु:खी आत्माहरूको संज्ञा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !