४ जेष्ठ २०८१, शुक्रबार

अन्तत: ओलीसँग झुक्यो खनाल-नेपाल समूह ​: संसदीय दलको बैठकमा सहभागी हुने


माधव समूह

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार अपराह्न ३ बजे दलको बैठकमा नेता माधवकुमार नेपाल-झलनाथ खनाल समूह जाने भएको छ ।

नेपाल समूहका नेताहरुको बैठकले संसदीय दलको बैठकमा जाने र पार्टी स्थायी,पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक माग गर्ने निर्णय गरेको स्रोतले बतायो। लामो समयदेखि विवादमा मुछिएका ओली-नेपाल समूह अन्तत: एक हुने संकेत देखिएको छ ।

तत्कालिन नेकपा विभाजन भएपछि ओलीलाई छाडेर नेपाल समूह प्रचण्डतिर लागेका थिए। तर प्रचण्ड-नेपाल समूहले आ-आफ्नो पार्टीमा फर्किने निर्णय गरेपछि नेपाल समूह एमालेमा फर्किएका हुन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !